rajkumarpaswan

Just another WordPress.com site

डोम समुदाय एक परिचय

leave a comment »

प्रस्तुति ः राजकुमार पासवान ÷सप्तरी
डोम जाति नेपालमा तराई क्षेत्रको मूलवासी हुन् । किवदन्तीअनुसार यो जाति (वर्ग)को उत्पत्ति काँशीबाट भएको हो । त्यतिबेला काँशी  नेपालमा नै अवस्थित डोम…डोम… डोम.. बाट नै भएको भन्ने भनाइ छ । यिनीहरु काँशीका र मिथिलाबासी हुन । विहेवारी पनि काशीका मिथिला बाँसीको हुन्थ्यो । यो जाति विशेषगरी यहि दुई क्षेत्रबाट फैलिदै गएको हो । मिथिलाबाट नेपालमा र काँशीबाट भारतमा भन्ने भनाइ छ । नेपालको परिवेशमा हेर्दा यो जाति एकदमै पिछडिएको वर्गभित्र पर्दछ । यो जातिलाई दलितभित्रको दलित भन्ने गरिन्छ ।


नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारीको रुपमा भए तापनि यो जातिलाई त्यति समावेश गरेको पाईदैैन र अति अपहेलित अवस्थामा रहेको छ । यिनिहरुको आफ्नै सस्कृति र संस्कार रहेको छ । यिनिहरु विभिन्न क्षेत्रबाट अपहेलित भएकै कारण यिनिहरुको शैक्षिकस्तर, सामाजिक , आर्थिक र धार्मिक अवस्था निकै दयनीय रहेको पाईन्छ । यिनिहरुको वेषभुषा, रहनसहन र रितिरीवाज आफ्नै किसिमको छ । यी जाति थर पनि छुट्टै छ  मरिक  भनिएको हो । र, नेपालमा यो थर सुन्दा पनि अनौठो लाग्ने गर्दछ । यसवाहेक यिनीहरुको थर पनि छन्, जसबारे खोजीको आवश्यकता छ ।
डोमहरु बाँसको सीपको धनी मानिन्छन् । यिनीहरुको पशुपालनमा सुँगुर पाल्ने गर्दछ । यिनीहरुलाई घाटवासी भन्ने चलन छ । यिनीहरुको मुर्दाघाट रुँघ्ने चलन छ । मरेको मान्छेको लुगाफाटा, गरगहना, इत्यादि दान दिने चलन छ । गाँउघरतिर भोजभतेर(विहेवारी, श्राद्ध) मा जुठो खुवाउने गरिन्छ । मरेको मान्छेलाई दाहसंस्कार गर्ने भएको कारणले गर्दा पनि नेपाली उखानमा यी जातिलाई हेपेर मरे पछि डुमै राजा भन्ने चलन छ ।
डोम समुदायको भेषभुषा पुरुषहरुको धोती, कुर्ता र पगडि हो भन्ने महिलाहरुको सारी चोलो । गरगहना विशेषगरी चाँदीको प्रयोग गर्ने गर्दछन् । यी समुदायका महिलाहरुको रुपैयाँको माला, खुट्टमा पाउजु, काँडा, छाडा इत्यादि लगाउँछन्, गालामा माला हसुली र शरीरमा विशेषगरी गोदना (ट्याटु) भर्ने चलन छ । डोम जातिले हिन्दु धर्म मान्छन् र काली भगवतीको पूजा गर्दछन् । वैशाखमा सिरुवा,भदौ र असोज महिनाको विचमा जितिया जस्ता चाडपर्व मान्छन् । दशैँमा काली भगवतीको पूजा गरी सूगुरको वलि दिने गरिन्छ । होली फागुपुर्णिमा, छठ पर्व आदी विशेष चाडको रुपमा मनाउने गर्दछन् । बालविवाह र मदिरा सेवनजस्ता कुुुसंस्कार डोम जातिमा रहेको छ । यी कुरालाई रोकथाम गर्न सरकारी निकायले नै अघि बढ्नुपर्ने आवश्यकता छ ।
समाजिक अवस्था
तराई दलितहरुको बारेमा केहि छिटपुट लेखहरुm लेखहरु विभिन्न पत्रपत्रिका, लेखमाला, गैरसरकारी संघसस्थाहरुको बुलेटिनमा आउने गरेको पाइन्छ । तर तराईमै बस्ने दलित भित्रैको दलित भनिने डोम जातिको बारेमा लेखिबएको लेख विरलै पाइने गरेको छ । तर समाजभित्रै यिनीहरुको अवस्था एकदमै नाजुक रहदैँ आएको छ । गाउघरमा कुकुर, विरालो,मान्छे मरेपछि डोम जातिले नै उठाउनु पर्ने, फाल्नुपर्ने, दाहसकार गर्नुपर्ने बाध्यता रहेको छ । शहरबजारमा बस्ने डोमहरुले सर सफाइ क्षेत्रमा हात हालेको कारण अन्य जातिहरुले यो जातिका मानिसहरुलाई ज्यादै हेय दृष्टिले हेर्ने गरेको पाईन्छ । समाजमा सबैभन्दा अचम्म र घृणालाग्दो कुरा त दलितहरुले नै यिनीहरुलाई अझ तल्लो स्तरमा राखेर व्यवहार गर्ने गरेको पाईन्छ । नजिकै छिमेकीको रुपमा रहेको चमार, मुसहर र मेहतर जातिका व्यत्तिहरुले समाजिक रुपमा निकै अपहेलना गरिरहेका छन् । सार्वजनिक कल, इनार इत्यादि छुन दिदैनन् । आँगनमा पनि आउन दिदैनन् । कहिँ झुकिएर छाइहालेमा छोइछिटो गरिहाल्नुपर्ने, गाली बेईज्जत गरी हाल्नुपर्ने जस्ता कार्यहरु गर्दै आएका छन् । गाउँघरमा विहेवारी तथा अन्य अवसरमा भोजभतेरमा बढि भएको बासी खानाहरु डोम जातिलाई दिने तथा खाँदाखाँदै गरेको जुठो खानेकुरा दिने गर्दछन् । गरिबीकै कारण मरेको सुँगुर, कुखुरा पनि वाध्यात्मक रुपमा खाँदै आएको छन् । यहा सम्मकि डोम जातिले अन्य जातिको व्यत्तिसँग विहे गरेमा जात जाने र जातबाट हटाइने गरिन्छ । डोम जातिमा सजाय दिने र न्याय दिने आफ्नै खालको व्यवस्था हुन्छ ।
आर्थिक अवस्था
मधेसी दलित तथा तराई दलितको सवालमा डोम जातिको आर्थिक अवस्था अन्य मधेसी दलितभन्दा निकै नाजुक रहेको छ । आफ्नो भुमि नभएको कारणल खेती किसानी पनि गर्न नसक्ने, अन्य कुनै सिप नजानेको हुनाले कार्य गर्न नसक्ने, कसैकोमा गएर मजदुरी गरेर भने पनि दलितभित्रको दलित मानिने हुनाले काम गर्न नपाउने बाध्यता रहेको छ । दलितमा दमाईको लुगा सिउने सिप र पेशा, कामीको हातहतियार बनाउने आरनमा बस्ने सिप पेशा भनेजस्तो डोम जातिको पुख्र्यौली (जस्तैैः चल्नी, सुप चगँेरी, कोनिया, पंखा, ढाकी, बिहेको लागि डालदौरा, मौनी खप्न गाह्रो भएको छ । दिनभरि बाँसको चोयाबाट बनाएका ढाकीहरु बेचेर ४० ४५ रुपैयाँ पनि मुस्किलले कमाउछन् तर विहान एक छाक बेलुकी छाक टार्ने गर्दछन् । शहरमा घर घरमा गई चर्पी सफा गर्ने, सेफटी ट्यांक खोल्ने, नगरपालिकाभित्र रहेको सडक, गल्लीमा झाडु लगाउने, नाला सफा गर्ने आदि कामबाट आयआर्जन भएको पैसा जिउ दुख्यो, गन्हायो भन्दै भट्टिमा गई खर्च गर्ने गर्दछन् ।

Written by rajkumarpaswan

अगस्त 11, 2011 at 1:35 अपराह्न

Uncategorized में प्रकाशित किया गया

टिप्पणी करे